search

पर्सामा स्वास्थ्य समिक्ष गोष्ठीःकुन पालिका अबल ?

पढ्न छुटाउनुभयो ?

वीरगंज
स्वास्थ्य कार्यालय पर्साले वीरगंजमा दुई दिने जिल्ला स्तरीय स्वास्थ्य सम्बन्धी वार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । क्लासिक बंक्यूट घण्टाघर वीरगंजमा आयोजित गोष्ठीको उदघाटन मधेश प्रदेशका स्वास्थ्य तथा जनसख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले गरेका थिए भने समापन जिल्ला समन्वय समिति पर्साका उपप्रमुख पूरनप्रसाद कुर्मीलेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । सो गोष्ठिको समापन आज भएको छ । सो गोष्ठिमा पर्साका १४ वटा पालिकाका स्वास्थ्य शाखा प्रमुखहरुको सहभागिता थियो ।
कार्यक्रममा १४ वटा पालिकाको गत आव २०७९÷०८० को पालिकाहरुको स्वास्थ्य शाखाले कार्यप्रगति प्रस्तुत गरेका थिए । जसको अधारमा पर्साको सबैभन्दा अबल र प्रभावकारी स्वास्थ्य संस्थालाई प्रशंसा पत्रले सम्मानित गरिएको छ । पर्साको सबैभन्दा अबल स्वास्थ्य संस्थाको रुपमा मूल्याकन गर्दै सखुवाप्रसौनी प्रथम,ठोरी द्वितिय,पटेर्वासुगौली तृतिय र वीरगंज महानगरलाई सान्तवना पुरस्कारको रुपमा प्रशंसा पत्र प्रदान गरिएको छ । प्रशंसा पत्र पालिका प्रमुख वा प्रतिनिधिहरुलाई हस्तनान्तरण गरिएको थियो ।

सरकारले दिएको स्वास्थ्यको विभिन्न सूचक(मापदण्ड)को अधारमा प्रभावकारी सेवाको बारेमा स्वास्थ्य कार्यालय पर्साले मूल्याकन गरेको थियो । समिक्षाको क्रममा पर्साका स्वास्थ्य संस्थाहरुको मुख्य समस्याको रुपमा समन्वयको अभाव,कमजोर व्यवस्थापन,सरकारले निर्दिष्टि गरेको सूचक पुरा गर्नमा समस्या भएको बुझिएको छ । पर्सामा १४ पालिका मध्ये ४ वटा पालिका पूर्ण खोप पालिका घोषणा हुन नसक्दा जिल्ला पूर्ण खोप घोषणा हुन नसकेको बताइएको थियो । पर्सामा धोबिनी,कालिकामाई,विन्दवासिनी र पकहामैनपुर गापा पूर्ण खोप घोषणा हुन सकेका छैनन् । त्यसैगरी, मधेश प्रदेशमा ४ वटा जिल्ला पूर्ण खोप घोषणा हुन नसक्दा प्रदेश घोषणा हुन सकेको छैन । जस्तै,पर्सा,रौतहत,महोत्तरी र घनुषा पूर्ण खोप घोषना हुन बाँकी छन् । नेपाल भरीमा ७ वटा प्रदेशमा हालसम्म ७३ जिल्ला अर्थात मधेश प्रदेश बाहेक ६ वटा प्रदेश पूर्ण घोषणा भइसकेका छन् । स्वास्थ्य कार्यालय पर्साका अध्यक्ष डा.मुक्तिनारायण साहको अध्यक्षतामा सम्पन्न समापन समारोहमा सखुवाप्रसौनी गापाका गापा अध्यक्ष यशवन्त यादव,ठोरी गापा अध्यक्ष लालबहादुर श्रेष्ठ तथा सबै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरुको सहभागिता थियो भने गोष्ठिमा जनस्वास्थ्य अधिकृत जयमोठ ठाकुरले सहजीकरण गरेका थिए ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads