पर्सामा भदौमा १५४ अपराधका मुद्दा दर्ता, १३८ पक्राउ

1200x150_1200x150-01.jpg (1)

पर्सा , असोज ६ –

जिल्ला प्रहरी कार्यालय पर्सामा चालु आर्थिक वर्ष २०८३/८४ को भदौमा विभिन्न प्रकृतिका १५४ वटा अपराधका मुद्दा दर्ता भएका छन्। प्रहरीले अनुसन्धान तथा कारबाहीका क्रममा १३८ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार सबैभन्दा बढी सामाजिक अपराधका ७७ मुद्दा दर्ता भएका छन्। यस्तै, संगठित तथा आर्थिक अपराधका २४, ज्यानसम्बन्धी ११, आत्महत्या ११, चोरी नौ, महिला तथा बालबालिकासम्बन्धी नौ, सवारी ज्यान पाँच र अन्य आठ मुद्दा दर्ता भएका छन्।

अदालतको फैसला कार्यान्वयनतर्फ फरार १०७ जना पक्राउ परेका छन्। उनीहरूबाट २४ वर्ष तीन महिना २८ दिन कैद र १ करोड १४ लाख ८१ हजार ७५० रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।

भदौमा लागूऔषधका २७ मुद्दामा ४१ जना पक्राउ परेका छन्। प्रहरीले २२९ किलो ९३५ ग्राम गाँजा, ३५६ ग्राम ५१८ मिलिग्राम ब्राउन सुगर, ९ किलो ५७८ ग्राम चरेस र ३ ग्राम ७४० मिलिग्राम अफिम बरामद गरेको छ।

यस्तै, भन्सार छली तथा राजस्व चुहावटमा १ करोड ९ लाख ९ हजार ५९५ रुपैयाँ बराबरको सामान बरामद गरिएको छ।

प्राकृतिक सम्पदा दोहनमा २३ ट्याक्टर नियन्त्रणमा लिई १ लाख १५ हजार तथा अवैध वन पैदावारतर्फ २ लाख ९१ हजार १०० रुपैयाँ राजस्व दाखिला गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः