अचेत अवस्थामा भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु

1200x150_1200x150-01.jpg (1)

सिमरा , असोज ६ –

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित १ नम्बर पुल नजिकै अचेत अवस्थामा भेटिएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

बुधबार साँझ करिब ६ बजे पथलैयाका ५४ वर्षीय राम थापा घरदेखि करिब १०० मिटर पूर्वतर्फ अचेत अवस्थामा लडिरहेको अवस्थामा आफन्तले फेला पारेका थिए। घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले उनलाई उपचारका लागि सिमरा नगर अस्पताल पुर्‍याएको थियो।

अस्पतालमा साँझ ६ः५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। उनको शरीरमा बाहिरी चोटपटक नदेखिएको बताइएको छ।

घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको नेतृत्वमा सोकोसहितको टोली घटनास्थल पुगेको छ। शव सिमरा नगर अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः