वीरगंज, ६ असोज । रौतहटको चन्द्रपुरमा रहेको बेतौना क्रिकेट मैदानमा आयोजित चार दिवसीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पर्सा क्रिकेट संघले जितेको छ ।
असोज १–६ गतेसम्म आयोजित सो प्रतियोगिताको आजको फाइनल खेल चन्द्रपुर क्रिकेट एकेडेमीलाई ३३ रनले पराजित गर्दै पर्सा क्रिकेट संघ बिजेता बनेको हो । पहिले ब्याटिंग गरेको पर्साले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १०५ रन बनाएको थियो । जसमा राहुल हक र समसाद मन्सुरीले समान २१-२१ रन बनाएका थिए ।
१०६ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको चन्द्रपुर क्रिकेट एमेडेमीले निर्धारित १७.१ ओभरमा १० विकेट गुमाएर ७२ रनमा सीमित भयो । पर्सा क्रिकेट संघ ३३ रनले फाइनल म्याच जितेको पर्सा क्रिकेट संघका अध्यक्ष मनीष सिंहले जानकारी गराए ।
चन्द्रपुरको तर्फबाट रेहान जाकिर २१ रन र डब्लु मल्लिकले १७ रनको योगदान दिएका थिए । प्रतियोगितामा पर्सा क्रिकेट संघ, चन्द्रपुर क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, हेटौंडा क्रिकेट एकेडेमी गरी चारवटा टोली सहभागी थियो ।
पर्साले ३ टिमसंग खेलेको थियो तीनवटा लिग म्याच समेट जितेको थियो ।






