एसियाली खेलकुदमा नेपालले आज अफगानिस्तानसँग खेल्दै

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असोज ९ –

जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। खेल जापानको आइचीस्थित निशिनको कोरोगी स्पोर्ट्स पार्कमा स्थानीय समयअनुसार दिउँसो २ बजे अर्थात् नेपाली समयअनुसार बिहान १०ः४५ बजे सुरु हुनेछ।

नेपाल समूह ‘ए’मा अफगानिस्तान र आयोजक जापानसँगै रहेको छ। अफगानिस्तानले यसअघि जापानलाई ४८ रनले पराजित गरिसकेको छ। नेपालले समूह चरणमा भोलि जापानसँग पनि खेल्नेछ।

समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन्। समूह ‘ए’को दोस्रो स्थानमा रहने टोलीले भारतसँग तथा पहिलो हुने टोलीले श्रीलंकासँग क्वार्टरफाइनल खेल्नेछ।

सम्बन्धित पोस्टहरुः