रोनाल्डोले पोर्चुगलको प्रशिक्षण शिविर छाडे, प्रशिक्षकसँग विवादको चर्चा

1200x150_1200x150-01.jpg (1)

पर्सा , असोज १५ –

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका छन्। डेनमार्कविरुद्ध नेसन्स लिगको खेलअघि कोपेनहेगनमा भएको घटनाक्रमपछि उनले शिविर छाडेको पुष्टि गरेका हुन्।

प्रशिक्षक जर्ज जेसुससँग विवाद भएको समाचार सार्वजनिक भइरहेका बेला रोनाल्डोले सामाजिक सञ्जालमार्फत आफूले शिविर छाड्ने निर्णय गरेको जानकारी दिएका छन्। उनले पोर्चुगिज फुटबल महासंघका अध्यक्षसँग कुराकानी गरेपछि यस्तो निर्णय लिएको उल्लेख गर्दै आफ्नो प्रस्थानको कारणबारे समर्थकलाई ‘उचित समयमा सत्य बताउने’ बताएका छन्।

यसअघि जेसुसले रोनाल्डोले प्रशिक्षण गर्न अस्वीकार गरेको भन्ने खबर अस्वीकार गरेका थिए। तर महासंघले बिहीबार डेनमार्कविरुद्धको खेलअघि भएको अन्तिम प्रशिक्षणमा रोनाल्डो सहभागी नभएको पुष्टि गरेको छ।

पोर्चुगिज सञ्चारमाध्यम ‘ए बोला’ ले सार्वजनिक गरेको भिडियोमा रोनाल्डो कोपेनहेगनस्थित पार्केन स्टेडियमबाट महासंघको गाडीमा निस्किएको देखिएको जनाएको छ। स्पेनिस सञ्चारमाध्यम ‘मार्का’ का अनुसार उनी निजी विमानमार्फत मड्रिड जाने तयारीमा थिए।

यसअघि नर्वेविरुद्ध पोर्चुगलले २–१ को जित निकालेको खेलमा पनि रोनाल्डो मैदानमा उत्रिएका थिएनन्। उनी घाइते भने नरहेको बताइएको छ। सोमबार र मंगलबार उनले टोलीसँग सामूहिक प्रशिक्षण नगरी जिममा अभ्यास गरेका थिए।

बुधबार पत्रकार सम्मेलनमा जेसुसले रोनाल्डोले प्रशिक्षण अस्वीकार गरेको भन्ने विषयमा विवाद सिर्जना नगर्न आग्रह गर्दै “क्रिसले त्यस्तो गर्दैनन्” भनेका थिए।

भर्खरै

सम्बन्धित पोस्टहरुः