search

रिलिफद्वारा विभिन्न व्यक्तित्व सम्मानित

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३० असोज/
वीरगंजको सामाजिक संस्था रिलिफ सोसाइटी अफ कमर्सको ३२औं साधारणसभा सम्पन्न भएको छ ।
रिलिफ सोसाइटीको सभाहलमा साधारणसभा सम्पन्न भएको हो । सभाले कार्यसमितिका पदाधिकारीमा चारजनालाई निर्विविरोध निर्वाचित गरेको छ । सोसाइटीको महासचिव नीरज अग्रवाल, सचिव रमेशकुमार चौधरी, सदस्यद्वय विजयकुमार गुप्ता र राजेश सरावगीलाई निर्विरोध निर्वाचित गरेको सभाका निर्वाचन अधिकृत अधिवक्ता बालमुकुन्द खरेलले जानकारी गराए । नयाँ पदाधिकारीहरूलाई शपथग्रहण गराइएको थियो ।
सोही अवसरमा विभिन्न क्षेत्रमा विशेष योगदान गरेबापत चारजनालाई सम्मानित गरिएको थियो । सम्मानित हुनेमा माउन्ट एडमन्ड मावि, वीरगंजका प्रधानाध्यापक एवं प्रतीक दैनिकका स्तम्भकार अनन्तकुमारलाल दास, भाषाविद् एवं साहित्यकार डा गोपाल ठाकुर, पर्सा मिलन मिलन केन्द्र, काठमाडौंका उमेशकुमार गुप्ता, बाराकी महिला पत्रकार शारदा पोखरेल रहेका छन् । उनीहरूलाई दोसल्ला ओढाइ प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष योगेन्द्रप्रसाद यादवको अध्यक्षता एवं नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष उद्योगपति अशोक बैदको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सोसाइटीका निवर्तमान अध्यक्ष अशोक लाठ, नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष प्रदीप केडिया, वीरगंज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतम, समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, नेपाल रेडक्रस सोसाइटीकी निवर्तमान अध्यक्ष मधु राणा, डा रामऔतार खेतान, सामाजिक अभियन्ता प्रकाश थारू, व्यवसायी मुरली जालानलगायतको सहभागिता थियो ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads