१० लाख बढीको आइफोनलगायत अबैध सामान नियन्त्रण

1200x150_1200x150-01.jpg (1)

वीरगन्ज, १९ असोज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जका विभिन्न स्थानबाट १० लाख ६ हजारभन्दा बढी मूल्य बराबरको भन्सार छलीका अवैध सामानहरू बरामद गरेको छ। भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी भित्राइएका मोबाइल, कस्मेटिक सामान र स्याउ प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरी नायव उपरीक्षक (डीएसपी) एवं प्रवक्ता चक्र बहादुर मल्लका अनुसार, विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले असोज १८ गते बिहान ९:३० बजे वीरगन्ज महानगरपालिका वडा नं. १४ स्थित गण्डक चोकबाट अवैध रूपमा ल्याइँदै गरेका एप्पल कम्पनीका मोबाइलहरू बरामद गरेको थियो। जसमा ३ थान iPhone-17 र १ थान iPhone-15 गरी जम्मा ४ थान मोबाइल रहेका छन्। बरामद गरिएका यी मोबाइलहरूको बजार मूल्य ५ लाख ५२ हजार २ सय १० रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।

यसैगरी, सोही दिन बेलुका ६:३० बजे वीरगन्ज महानगरपालिका वडा नं. १६ रजतजयन्ती चोकमा जाँच गर्ने क्रममा भन्सार छली ल्याइँदै गरेको अनुमानित ४ लाख ५४ हजार ५ सय ५० रुपैयाँ बराबरको कस्मेटिक सामान र स्याउ समेत बरामद गरिएको छ।

प्रहरीले दुवै स्थानबाट गरी जम्मा १० लाख ६ हजार ७ सय ६० रुपैयाँ बराबरको मालबस्तु बरामद गरेको हो। नियन्त्रणमा लिइएका मोबाइल, कस्मेटिक सामान र स्याउ लगायतका सामग्रीहरू आवश्यक कानुनी कारबाहीका लागि आज (असोज १९ गते) वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रवक्ता मल्लले जानकारी दिनुभयो।

सम्बन्धित पोस्टहरुः