वीरगंज, २ कात्तिक ।
पर्साको बहुदरमाई नगरपालिकाको मुख्य सडकमा लगाइएको सोलर बत्तीलगायतका सामग्री ठेकेदारले खोलेर लागेका छन् ।
ठेकेदारले नगरपालिकाबाट भुक्तानी नपाएको भन्दै बुधवार दिउँसो बहुदरमाई नगरपालिका – ४ स्थित मुख्य सडकमा जडान गरिएको सोलर बत्ती, ब्याट्री, प्यानल लगायतका सामग्री खोलेर लागेका हुन् । नगरपालिकाको सडकमा पहिल्यैदेखि जडान गरिएको सोलर बत्तीहरूको काठमाडौंस्थित एडभान्स सिनार्जी सोलुसन एन्ड ट्रेडिङ्ग प्रालिका सञ्चालक सुशील अधिकारीले मर्मत गरेका थिए । यद्यपि खर्च नपाएको भन्दै उनले बत्तीहरू खोलेका छन् ।
‘आज भन्दा झन्डै ६ महिना अगाडि बहुदरमाईका मेयर सिंहासन साह तेलीको मौखिक आदेशमा मैले सडक बत्तीहरूको मर्मत गरेको थिएँ । कागजी प्रक्रिया गर्दै गरौँला, जनताको दबाब छ तपाईँ काम शुरू गर्नुस् भनेर मेयर सा’बको आदेश पछि मैले साढे १३ लाख रुपियाँँ खर्च गरेर १० दिन भित्र सबै बत्तीहरू बनाए,’ अधिकारीले भने, ‘अहिले ६ महिना बितिसक्दा पनि भुक्तानी नभएपछि बाध्य भएर आजदेखि सामानहरू खोलेर लग्दै छु ।’
ठेकेदार अधिकारीका अनुसार उनले नगरपालिकाको विभिन्न स्थानमा ६८ वटा सोलर बत्तीको कन्ट्रोलर परिवर्तन गरेका थिए भने ४८ वटा ब्याट्री परिवर्तन गरेका थिए । त्यस्तै उनले २५ नयाँ वटा बत्ती जडान गरेका थिए भने ६ वटाको प्यानल परिवर्तन गरेका थिए । ‘सबै गर्दा १५ लाख जती खर्च लाग्ने प्रारम्भिक अनुमान थियो, तर साढे १३ लाख मै मैले काम सकाएँ । अहिले आएर मेयर र हाकिमले भुक्तानी दिन मिल्दैन, बरू तपाईँ आफ्नो सामान खोलेर लाग्नुस् भनिरहेका छन्,’ उनले भने ।
नगरपालिकाले समयमा भुक्तानी नदिँदा आफूलाई पाँच लाख रुपियाँँ घाटा लागेको उनले सुनाए । मौखिक आदेशको आधारमा काम गर्दा आफ्नो हात बाँधिएको र घाटा बेहोर्नु परेको उनको दुखेसो छ । ‘वास्तवमा भन्नुपर्दा गल्ती मेरै छ । मौखिक आदेशको भरमा मैले पनि काम नगर्नुपर्ने हो । तर मेयर जस्तो मान्छेले भनेपछि भुक्तानी पाइएला नि भन्ने मेरो सोच गलत साबित भएछ, घाटा बेहोर्नु पर्रुयो,’ अधिकारीले भने, ‘बैंक ब्याजमै मेरो दुर्ई लाख रुपियाँँ सकेको छ ।’
मेयर तेलीले शुरूमा सङघीय सरकारले बजेट कटौती गरेको भन्दै अर्काे आर्थिक वर्षमा भुक्तानी हुन्छ भनेर आश्वासन समेत दिएको अधिकारीले बताए । ‘म उहाँको भनाई अनुसार अर्काे आर्थिक वर्षको लागि कुरेर बसेँ । अहिले नगर परिषद् सकेर खाता समेत सञ्चालनमा आएपछि कार्यादेश बिना काम किन गर्रुयौँ, भुक्तानी गर्न मिल्दैन भनेर कुरा फेर्न थालेका छन्,’ उनले थपे ।
यता, बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफाले कार्यादेश बिना नै काम गरेको कारण भुक्तानी दिन नमिलेको बताए । प्रकृया नै पूरा नगरी भएको कामको भुक्तानी गर्न नमिल्ने बताउँदै उनले भने, ‘कसैको मौखिक आदेशमा काम गर्न मिल्दैन, हुँदैन । सार्वजनिक खरिद ऐनअनुसार प्रक्रिया पूरा नभएको कुनै कामको भुक्तानी गर्ने मेरो अधिकार छैन ।’
अधिकृत मुस्तफाले तिन वर्ष अगाडि उपभोक्ता समिति मार्पmत ९९ लाख ४२ हजार ९३० रुपियाँँ खर्च गरेर सोलर बत्ती जडान गरिएको जानकारी दिए । ‘बत्ती जडान गर्दा उपभोक्ताको कन्सल्टेन्ट यिनै सुशील अधिकारी थिए । पाँच वर्षसम्म वारेन्टी भएको बत्ती बिग्रेपछि बनाउँदा खर्च दिने कुरै भएन । त्यो बनाउने जिम्मा उहाँको हो, पैसा माग्ने अधिकार नै छैन,’ उनले थपे । बत्ती खोल्ने विरूद्ध नगरपालिका कानुनी प्रक्रियामा जाने तयारी गरिरहेको मुस्तफाले बताए ।

Facebook Comments Box