विजय सरावगीले रास्वपाको सदस्यता पाएपछि एमाले परित्याग

1200x150_1200x150-01.jpg (1)
वीरगंज। वीरगंज महानगरपालिकाका पूर्व नगरप्रमुख एवं नेकपा एमालेका निर्वाचित केन्द्रीय सदस्य विजयकुमार सरावगीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्यता लिएको विवरण सार्वजनिक भएपछि नेकपा एमालेको साधारण सदस्यसमेत परित्याग गरेको घोषणा गरेका छन्।
बिहीवार सामाजिक सञ्जालमार्फत सरावगीले आफूले नेकपा एमालेको साधारण सदस्यसमेत त्याग गरेको जानकारी दिएका हुन। यसअघि सरावगीले रास्वपाको सदस्यता लिएको विवरण विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।
रास्वपाको सदस्यता लिएको विवरण सार्वजनिक भएपछि सरावगीले एमालेको साधारण सदस्यसमेत त्यागेको घोषणा गरेका हुन। एमालेको केन्द्रीय सदस्यमा निर्वाचित सरावगी रास्वपामा प्रवेश गर्ने तयारीमा रहेको चर्चा यसअघि नै चल्दै आएको थियो। पछिल्लो समय उनी आगामी निर्वाचनमा रास्वपाबाट वीरगंज महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्न सक्ने चर्चा समेत हुँदै आएको छ।
एमाले परित्यागको घोषणासँगै सरावगीको आगामी राजनीतिक यात्रा रास्वपासँग जोडिने देखिएको छ।
सम्बन्धित पोस्टहरुः