एमालेको नेतृत्व तहमा विद्या भण्डारीको पुनरागमन, ओलीसँग लिइन् शपथ

1200x150_1200x150-01.jpg (1)

पर्सा , असोज २३

पूर्वराष्ट्रपति विद्या भण्डारी ११ वर्षपछि नेकपा एमालेको स्थायी कमिटी बैठकमा सहभागी भएकी छन्। पार्टीको केन्द्रीय कमिटीले उनलाई वरिष्ठ नेता मनोनयन गरेपछि भण्डारी एमालेको बैठकमा फर्किएकी हुन्।

राष्ट्रपति बन्नुअघि भण्डारी एमालेकी उपाध्यक्ष थिइन्। उनी २०७२ कात्तिक ११ गते राष्ट्रपति निर्वाचित भएपछि पार्टीको सक्रिय राजनीतिबाट अलग भएकी थिइन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भण्डारीले शपथ ग्रहण गरेकी छन्। ओली र भण्डारीबीच पछिल्ला वर्षमा सम्बन्ध चिसिएको थियो। सोही विवादका क्रममा गत वर्ष भण्डारीको पार्टी सदस्यता खारेज भएको समाचारमा उल्लेख छ।

पछिल्लो समय पार्टीभित्रको राजनीतिक परिस्थितिबीच ओलीले भण्डारीलाई वरिष्ठ नेता बनाएर एमालेमा पुनः प्रवेश गराएका हुन्।

सम्बन्धित पोस्टहरुः