वीरगंज । बडादशै–२०८३ को पूर्वसन्ध्यामा वीरगंज कपडा बैंकले वीरगंजको घण्टाघरमा शुक्रवार निश्शुल्क कपडा वितरण गरेको छ।
बिपन्न असहायहरूलाई निशुल्क कपडा उपलब्ध गराउदै आएको बैंकले शुक्रवार वीरगंजको घण्टाघर अगाडि स्व. रामजनम तिवारी बाबाको सालिक परिसरमा नयाँ–पुराना गरि करिब ७ सय थान कपडा वितरण गरिएको कोषाध्यक्ष मनोज मिश्राले बताए ।
वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।






