कांग्रेस पदाधिकारीमा समावेशितामाथि मजिद अन्सारीको प्रश्न

1200x150_1200x150-01.jpg (1)

पर्सा , असोज २६ –

जेनजी युवा अभियन्ता तथा कानुनका विद्यार्थी मजिद अन्सारीले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसको नवनिर्वाचित संघीय कार्यसमितिमा पदाधिकारी तहमा समावेशिता नभएको भन्दै प्रश्न उठाएका छन्।

फेसबुकमा लेख्दै अन्सारीले सभापति, वरिष्ठ उपसभापति, उपसभापति र महामन्त्रीसहित नौ सदस्यीय पदाधिकारी संरचनामा दलित, आदिवासी जनजाति, थारू तथा मुस्लिम समुदायको प्रतिनिधित्व शून्य रहेको दाबी गरेका छन्।

उनले नयाँ कांग्रेस नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै नेपालको संविधानको धारा ४२ र जेनजी जनआन्दोलनसम्बन्धी १० बुँदे सम्झौताको बुँदा नम्बर ६ कार्यान्वयन गर्न पार्टीले कस्तो नीति लिन्छ भन्ने विषयलाई नेतृत्वको मुख्य परीक्षाका रूपमा प्रस्तुत गरेका छन्।

अन्सारीले समावेशिताको सवालमा नयाँ नेतृत्वको आगामी कार्यदिशामाथि प्रश्न उठाएका हुन्।

सम्बन्धित पोस्टहरुः