पर्सा , असोज २६ –
लगातार बढिरहेको सुनचाँदीको मूल्यमा आज गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार १०० रुपैयाँले घटेर २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको थियो। त्यसअघि शुक्रबार पनि सुनको भाउ तोलामा २ हजार ९०० रुपैयाँले बढेको थियो।
यस्तै, चाँदीको मूल्य पनि आज तोलामा २५ रुपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य ४ हजार ४४० रुपैयाँ थियो।






