वीरगंज , असोज २९ –
साइ होपको कीर्तिमानी शतकको मद्दतमा वेस्ट इन्डिजले चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई २४ रनले पराजित गरेको छ। जितसँगै पाँच खेलको सिरिज २–२ को बराबरीमा पुगेको छ।
पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले होपको अविजित १०२ रनको मद्दतमा तीन विकेट गुमाएर २४७ रन बनायो। ४९ बल खेलेका होपले नौ छक्का र चार चौका प्रहार गरे। जवाफमा भारतले १९.३ ओभरमा सबै विकेट गुमाएर २२३ रन मात्रै बनाउन सक्यो।
भारतका सञ्जु सामसनले २३ बलमा ५६ रन बनाए भने तिलक वर्माले ४३ र नितिश रेड्डीले ४१ रन जोडे। अभिषेक शर्माले २९ रन बनाए पनि भारतलाई जित दिलाउन सकेनन्।
वेस्ट इन्डिजका केमो पलले ४१ रन खर्चेर पाँच विकेट लिए भने गुदाकेश मोतीले दुई विकेट हात पारे।
होपको यो टी–२० अन्तर्राष्ट्रियमा तेस्रो शतक हो। यस सिरिजमा उनले दोस्रो शतक प्रहार गरेका हुन्। अब सिरिजको निर्णायक पाँचौँ तथा अन्तिम खेल शनिबार बेंगलुरुमा हुनेछ।





