आज नवरात्रको छैटौँ दिन, माता कात्यायनीको पूजा गरिँदै

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असोज ३० –

बडादशैंअन्तर्गत आज नवरात्रको छैटौँ दिन माता कात्यायनीको पूजा–आराधना गरिँदैछ। आश्विन शुक्ल षष्ठीका दिन दुर्गा भवानीको छैटौँ स्वरूप माता कात्यायनीको विधिपूर्वक पूजा गर्ने धार्मिक परम्परा छ।

धार्मिक मान्यताअनुसार माता कात्यायनीलाई शक्ति, साहस र विजयकी प्रतीकका रूपमा पूजा गरिन्छ। भक्तजनले बिहानै स्नान गरी पूजा सामग्रीसहित देवीको आराधना गर्ने तथा परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्ने गर्छन्।

नवरात्रका अवसरमा देशभरका दुर्गा मन्दिर तथा शक्तिपीठहरूमा भक्तजनको चहलपहल बढ्ने गरेको छ। वीरगंजसहित मधेशका विभिन्न स्थानमा पनि देवी दुर्गाको पूजा–आराधना भइरहेको छ।

नवरात्रको नौ दिनसम्म दुर्गा भवानीका विभिन्न स्वरूपको पूजा गरिन्छ। दसौँ दिन विजयादशमीका अवसरमा मान्यजनबाट टीका तथा जमरा ग्रहण गरी बडादशैं मनाउने परम्परा छ।

सम्बन्धित पोस्टहरुः