बारा- बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ३ मा शुक्रवार राति एकैसाथ तीनवटा घरमा चोरी भएको छ। अज्ञात चोरहरूको समूहले घरको पर्खाल फुटाएर लाखौँ मूल्य बराबरको धनमाल लुटपाट गरेको हो।
प्रहरीका अनुसार स्थानीय महिन्द्र प्रसाद यादव, अनुठा कुशवाहा र साहेब प्रसाद यादवको घरमा चोरी भएको हो। चोरी भएका मध्ये एकजनाको घरबाट मात्रै दुई लाख रुपैयाँ बराबरको सुनचाँदीका गरगहना र नगद चोरी भएको पुष्टि भएको छ भने सोही समूहले अन्य दुई जनाको घरमा समेत लुटपाट गरेको छ।
घटनाको विस्तृत विवरण र कुल क्षतिको यकिन तथ्याङ्क आउन बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






