वीरगंजमा पसलबाट चोरीएका गहनासहित एक महिला पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, ३० कार्तिक –

पर्साको वीरगंज महानगरपालिका–६ स्थित गहवामाई मन्दिरको उत्तरतर्फ रहेको एक गहना पसलबाट चोरी भएका करिब ४ लाख ११ हजार रुपैयाँ बराबरका गहना प्रहरीले बरामद गरेको छ।

वीरगंज महानगरपालिका–९ रानीघाट निवासी रंजित साह सोनारको हर्स ज्वेलर्सबाट चोरी भएका एक तोला सुनको सिक्री र दुई तोला चाँदीका पाँच सेट पायल बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले असोज ३० गते दिउँसो करिब २ बजे गहना बरामद गरेको हो।

चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः