जनकपुरधाम , कार्तिक २ –
जनकपुरधामस्थित शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष गत वर्षको तुलनामा बोकाबलीको संख्या घटेको छ। यस वर्ष १४ हजार ८९१ वटा बोकाबली भएको तथ्यांक सार्वजनिक भएको छ, जुन गत वर्षभन्दा १२ वटा कम हो।
गत वर्ष २०८२ मा राजदेवी मन्दिरमा १४ हजार ९०३ वटा बोकाबली भएको थियो। यस वर्ष पनि आयोजकले करिब १५ हजारको हाराहारीमा बोकाबली भएको जनाएको छ।
यद्यपि, रसिदबिना पनि बोकाबली भएको भन्दै कुल संख्या १५ हजार ५६ पुगेको दाबी गरिएको छ। त्यसैले रसिदका आधारमा संकलित तथ्यांक र आयोजकले दाबी गरेको कुल संख्यामा फरक देखिएको छ।
राजदेवी मन्दिरमा मनोकामना पूरा भएपछि श्रद्धालुहरूले भाकलअनुसार बोका चढाउने परम्परा छ। बोकाबली व्यवस्थापनको जिम्मेवारी महावीर युवा कमिटीले सम्हाल्दै आएको छ।
यस वर्ष आइतबार राति ८ः३१ बजेदेखि सुरु भएको बोकाबली सोमबार बिहान ३ः५३ बजेसम्म चलेको थियो।






