search

पकहामैनपुरमा पुरूषको शव भेटियो

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० कात्तिक ।
पर्साको पकहामैनपुर गाउँपालिकामा एक जनाको शव भेटिएको छ । पकहानमैनपुर गाउँँपालिकाको खेस्रहामा अन्दाजी ५० वर्षीय पुरूष मृत अवस्थामा फेला परेको पर्सा प्रहरीले जनाएको छ ।
आज बिहान खेतमा काम गर्न गएको बेला ती पुरूष मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।
स्थानीयले खेतमा ती पुरूषलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थियो । यही सूचनाको आधारमा प्रहरी घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जनाए । उनका अनुसार अहिलेसम्म मृत्युको कारण खुल्न छैन ।
फेला परेको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । फेला परेको शव उठाउन घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिलेसम्म फेलाको शवको सनाखत हुन सकेको छैन ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads