परवानीपुर,११ कार्तिक÷
पर्साका एक जना सशस्त्र प्रहरी जवानलाई कुटपिट गरी हत्याको प्रयास गर्नेहरु हाल सम्म पक्राउ पर्न सकेका छैनन् । सशस्त्र प्रहरी बल १३ नं हेडक्वाटर पर्सामा कार्यरत सशस्त्र प्रहरी जवान निरज विश्वकर्माको कुटपिटको घटनामा हाल सम्म पर्सा प्रहरीले अभियुक्तहरुलाई पक्राउ गर्न नसकेको हो ।
घटनाको ७ दिन बिति सक्दा पनि हाल सम्म कुटपिट गर्ने आरोपीलाई पर्सा प्रहरी मातहतको प्रहरी यूनिटले पक्राउ गर्न नसक्नुले पर्साको सुरक्षा व्यस्थामाथि गम्भीर प्रश्न उठेको छ । पर्सामा सशस्त्र प्रहरी जवानको कुटपिटको घटनामा प्रभावरकारी किसिमले अनुसन्धान नबढेको देखिएको छ ।यसरी अन्य सर्वधाराणको सुरक्षा कसरी हुने बारेमा चिन्ता व्यक्त गर्न थालिएको छ ।
पर्सा,वीरगंज–३२ मिलनचोक बस्ने सप्रज विश्वकर्मा दशै विदा मनाउन मिलनचोकस्थित घर गएको र नवमीको राति जितपुरहुदै वीरगंज फर्किदै गएको अवस्थामा मनमिश्र निमावी टेढाभन्दा ५० मिटर पश्चिम भैसी लोड गर्ने स्थानमा उनीमाथि स्थानीय युवकहरुले आक्रामण गरेका थिए । बोटोमा स्थानीय युवकहरु विवाद गरिरहेको दृश्य देखेपछि विश्वकर्माले सम्झाई बुझाई गर्न खोज्दा ५ वटा बियरको बोतल उनको टाउकोमा प्रहारी गरी ज्यान लिने प्रयास भएको थियो । सप्रज विश्वकर्माको टाउकोमा गम्भीर चोट लागेको छ भने उनको उपचार हाल वीरगंज गण्डकस्थित बयोधा अस्पतालमा भइरहेको बताइएको छ । उनलाई सही समयमा उद्धार गरी अस्पताल नल्याएको भए उनको ज्यान समेत जान सक्ने अवस्था थियो ।
त्यति बेला पर्साका जनपद र सशस्त्रका एसपी द्वय कोमल शाह र सशस्त्र एसपी किसन कर्माचार्यले समेत मिलन चोक क्षेत्रमा सर्च अभियान चलाई कुटपिट गर्नेहरुको खोज तालास गरेका थिए । तर हाल सम्म कुनै सफलता प्राप्त गर्न सकिएको छैन । घाइते विश्वकर्मालाई चाडै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी छ । यस घटनामा स्थानीय राजनीतिकर्मीहरु स्थानीय प्रहरी यूनिटसंग अभियुक्तको उन्मुक्तिको लागि चलखेल गरिरहेको बुझिएको छ । टेढाका बुलेट अन्सारीलगायत तीन जना युवकले सप्रज विश्वकर्मामाथि ज्यान मार्ने उद्योग गरेको सप्रज विश्वकर्माको आफन्तजनले गुनासो गरेका छन् ।
यस विषयमा मिलनचोक प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक मित्र राईसंग बुझ्दा कुटपिट गर्ने व्यक्तिको पहिचान भइसकेको र खोजिकार्य भइरहेको बताए । यसैघटनामा प्रहरी चौकी परवानीपुरले पनि छानबिन गरिरहेको छ ।