search

spot_img
spot_img

मालपोत पर्साका अधिकृत मिश्रविरुद्ध राजश्व हिनामिनाको मुद्दा दायर

पढ्न छुटाउनुभयो ?

वीरगंज, २० कात्तिक/
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजश्व दुरूपयोग गरेको अभियोगमा मालपोत कार्यालय पर्साका अधिकृत हरिनारायण मिश्रसमेत १० जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मालपोत कार्यालय पर्साको रजिष्ट्रेशन फाँटमा कार्यरत कर्मचारीको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजश्व नियमानुसार दाखिला नगरी हिनामिना गरेको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ ।
आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरूद्ध रू दुर्ई करोड नौ लाख ३१ हजार छ सय ४७ बिगो दावी गरेको छ । यस्तै, मालपोत अधिकृत भूपबहादुर बोगटीविरूद्ध रू एक करोड ४९ लाख ६९ हजार एक सय ४५, मालपोत अधिकृत गोपालबहादुर ढुंगाना विरूद्ध रू ३५ लाख ४५ हजार नौ सय ५०, मालपोत अधिकृत पर्साका तत्कालीन अधिकृत पदमप्रसाद अर्याल विरूद्ध रू १६ लाख ८१ हजार छ सय बराबरको बिगो र कैदको माग दाबी गरेको छ ।
यस्तै, मालपोत अधिकृत चन्द्रबहादुर भण्डारीविरूद्ध रू दुर्ई लाख ४४ हजार चार सय ६२, तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारीविरूद्ध रू एक करोड ४१ लाख ४७ एक सय ७१, तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायविरूद्ध रू पाँच करोड ५५ लाख १९ हजार नौ सय ७५ बराबरको बिगो र कैद दावी गरिएको आयोगले जनाएको छ । आरोपी सबैलाई कारबाईको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलविद्युत उत्पादनको लगानीमा तीव्रता: एचआईडीसीएल र ऊर्जा मन्त्रालयबीच कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर

काठमाडौँ, १५ असार/ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)...

सम्बन्धित खबर

- Advertisement -neelambads