search

spot_img
spot_img

दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का संयोजक शम्भु थापा पक्राउ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

२४ फागुन, चितवन । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् ।

उनलाई मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा गत फागुन १३ गते चितवनमा दुर्गा प्रसाईंले गरेको कार्यक्रममा थापालाई कालोमोसो दस्ताको केन्द्रीय संयोजक घोषणा गरिएको थियो । संयोजक बनेका थापाले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने घोषणा गरेका थिए । प्रसाईं चितवन आएका दिन उनको नेतृत्वमा कालोमोसो लेखिएको टिसर्ट लगाएर युवाहरु परिचालन गरिएको थियो ।

थापाको अभिव्यक्तिले बैंक तथा वित्तीय क्षेत्रमा एक प्रकारको त्रास सिर्जना भएकाले उनलाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी कार्कीले बताए । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरु जिल्ला प्रशासन कार्यालयमा डेलिगेससमेत गएका थिए । बैंकर्सहरुले थापाको धम्कीपूर्ण अभिव्यक्तिले सबैतिर प्रभाव पार्ने देखिएकाले पक्राउ गर्न दबाव दिएका थिए । उनीमाथि अभद्र व्यवहारको मुद्दा दर्ताको तयारी गरिएको छ ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

अन्तर्राष्ट्रिय टी–२० क्रिकेट च्याम्पियनसीपमा सहभागी हुन अल्पाइन माविको टीम भारत प्रस्थान

वीरगंज, २० असोज ।  भारतको उदयपुर, राजस्थानमा यही अक्टुबर ८ देखि १२ तारिखसम्म हुन गइरहेको अन्तर्राष्ट्रिय टी–२० क्रिकेट च्याम्पियनशीप–२०२५ प्रतियोगितामा...

सम्बन्धित खबर

- Advertisement -neelambads