वीरगंजमा एघार हजार दीप बालेर दीपोत्सव

वीरगंज
हिन्दुहरुको महान चाँड दिपावली २०८० को अवसरमा वीरगंज वाईपासस्थित माता बैष्णो देवी मन्दिर परिसरमा ११ हजार दिप प्रज्वलन गरिएको छ ।
हिन्दु स्वयम सेवक संघको आव्हानमा लक्षमी पुजाको दिन भव्य दिपोत्सव अन्तर्गत ११ हजार दिप प्रज्वलन गरिएको हो।संघको अहृवानमा वीरगंज महानगरवासीको सहभागितामा दिपोत्सवमा आइतवार बेलुकी ८ बजे एकै पटक दिप प्रज्वलन गरिएको छ ।
वीरगंज महानगरपालिका वडा नं. १६ बाइपासस्थित माता बैष्णो देवी मन्दिर परिसरमा दिप प्रज्वलनमा सहभागी प्रत्येक परिवार एक एक व्लकमा दिप प्रज्वलन गरी ११ हजार दिप प्रज्वलन गरेका हुन ।दिप प्रज्वलन पश्चात मन्दिर परिसर झिलमिल उत्सवमय बनेको थियो ।
सम्बन्धित पोस्टहरुः