search

spot_img
spot_img

लायन्स क्लबद्वारा स्वास्थ्य शिविर आयोजना

पढ्न छुटाउनुभयो ?

वीरगंज
वीरगज,घडिअर्वा पोखरीमा शनिवार निःशुल्क स्वास्थ्य सम्पन्न भएको छ । लायन्स क्लब अफ वीरगंज क्युरेटिभ समुहद्वारा आयोजित स्वास्थ्य शिविरमा १८८ जनाको स्वास्थ्य परिक्षण भएको छ । शिविरमा रक्तचाप,मधुमेह र आँखा परिक्षण समेत भएको लायन्स क्लबका आजिवन सदस्य राधेश्याम खेतानले जानकारी गराए । विहान ७ बजेदेखि आयोजना भएको शिविरमा वीरगंजका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले सहजीकरण गरेका थिए । किरण आँखा अस्पताल वीरगंजको सक्रियताा भएको आँखा परिक्षणबाट मोतियाविन्दुका रोगी पत्ता लगाई शल्यक्रियाको लागि परामर्श दिइएको थियो ।
मधुमेह, रक्तचाप तथा आँखा सम्बन्धी रोगको समस्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको क्लबका संरक्षक डा. राम अवतार खेतानले जानकारी गराए । नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. नीरज सिंहले घरबाट टाढा जाँच गराउनु पर्ने तथा महँगो शुल्क तिर्न नसकेर घरमै बसेका ज्येष्ठ नागरिकहरूका लागी निःशुल्क शिविरको आयोजनाले धेरै सहयोग पुगेको बताए । सेवामुखी भावनाले नै लायन्स क्लबले काम गर्दै आएको तथा यस्ता निःशुल्क शिविरहरूलाई क्लबको माध्यमले निरन्तरता दिने जानकारी दिए । क्यूरेटिभ समुहका अध्यक्ष डा. सुमन प्रसादको अध्यक्षतामा सम्पन्न् शिविरमा डा. अभिषेक अर्याल, डा. राधा भट्टराई, डा. महम्द इजहारले बिरामीहरू चेकजाँच गरेका थिए ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads