search

spot_img
spot_img

एमालेलाई गगन थापाको जवाफ– अहिले होइन, २०८४ सालमा सहकार्य हुनसक्छ

पढ्न छुटाउनुभयो ?

२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यको तत्काल सम्भवना नरहेको बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद भवन परिसरमा कांग्रेस–एमाले मिल्न सक्ने आशय व्यक्त गरेको सन्दर्भमा कांग्रेस महामन्त्री थापाले २०८४ सालसम्म त्यो सम्भव नभएको बताएका हुन् ।

राष्ट्रपति निर्वाचनमा भोट हाल्न गएका ओलीले पत्रकारहरुले कांग्रेस–एमाले मिलेर सरकार बनाउने सम्भावनाबारे जिज्ञासा राखेका थिए । सो क्रममा ओलीले कांग्रेससँग सहकार्य नगर्ने भनेर कसम नखाएको बताएका थिए । उनले भनेका थिए, ‘राजनीतिमा केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम खाएको छैन ।’

संसद भवन परिसरमै पत्रकारहरुले महामन्त्री थापालाई पनि ओलीको अभिव्यक्ति अनुसार कांग्रेस–एमाले मिल्नसक्ने सम्भावनाबारे जिज्ञासा राखे । जवाफमा थापाले भने, ‘२०८४ मा त्यो सम्भावना हुनसक्छ । हामी बालकोट आउँछौं । प्रमुख प्रतिपक्षी दलको नेतालाई भेटघाट गर्छौं ।’

यसपटक भने त्यो सम्भावना नभएको थापाले बताए । एमालेले धेरैपटक धेरैलाई झुक्याएको भन्दै थापाले भने, ‘सबैलाई एकपटक झुक्याउन सकिन्छ तर सबैलाई पटक–पटक झुक्याउन सकिंदैन ।’

एमालेबाट झुक्याइएकाहरुको अनुभव साटासाट गरेर कांग्रेस, माओवादी केन्द्र लगायत दलले सरकारमा साझेदारी गरेको थापाको भनाइ छ । ‘फेरि झुक्याउन सक्छु भनेर हामीलाई यति धेरै अवमूल्यन नगरिदिन हार्दिक आग्रह छ,’ थापाले भने ।

उनले अबको राष्ट्रपति जतिसक्यो धेरै नागरिकतिर फर्किनुपर्नेमा जोडसमेत दिए । ‘राजसंस्थाको जुन परम्परा अभ्यास हो, त्यसबाट यसलाई अलग्ग गर्न सक्नुपर्ने रहेछ,’ थापाले भने, ‘हामीले कताकता राजसंस्थाको निरन्तरता छ है भनेजस्तो आभाष दिन खोज्यौं, भद्दा नक्कल गर्न खोज्यौं । यो क्रमलाई यसपटक हामीले भंग गर्नुपर्छ ।’

द्वन्द्वकालीन मुद्दा कुनै एक दलको मात्र जिम्मेवारी नभई शान्ति प्रक्रियामा संलग्न सबै दलहरुको सामूहिक जिम्मेवारी भएको भन्दै थापाले त्यसलाई प्राथमिकताका साथ टुंगोमा पुर्याउनुपर्ने बताए ।

 

Facebook Comments Box
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

खानेपानी सेवा विस्तारका लागि समझदारी पत्रमा हस्ताक्षर

वीरगंज, १ साउन । बीरगंज महानगरपालिका क्षेत्रमा लामो समयदेखि खानेपानीको अभाव र गुणस्तरहीनताको समस्या भोगिरहेका बासिन्दाहरूका लागि एउटा महत्वपूर्ण...

सम्बन्धित खबर

- Advertisement -neelambads