search

केपी ओली कपको फाइनलमा पुग्यो मधेश प्रदेश

पढ्न छुटाउनुभयो ?

वीरगंज
यही मंसिर ७ गतेदेखि गण्डकी प्रदेशको पोखरामा जारी ‘केपी ओली कप’ क्रिकेट प्रतियोगिताको फाइनलमा मधेशप्रदेश प्रवेश गरेको छ । विहीवार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मीले बागमतिलाई ४ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गर्याे भने दोस्रो सेमिफाइनलमा मधेशप्रदेशले सशस्त्र प्रहरीको टिमलाई ११ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पोखरा क्रिकेट मैदानमा सम्पन्न दोस्रो सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको मधेशप्रदेशले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १९७ रन बनाएको थियो भने १९८ रनको विजयी लक्ष्य लिई जावाफी ब्याटिङ गरेको सशस्त्र प्रहरीले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा मात्र १८६ रन बनायो ।
मधेशप्रदेशका तर्फबाट सर्लाहीका खेलाडी विशाल पटेलले ३,धनुषाका हरिशंकर साहले २ र सिरहाका प्रदीप पासवानले २ विकेट लिदै घातक बलिङ गरेका थिए । मधेशप्रदेशले ब्याटिङ गर्दा बारा कलैयाका अनिलकुमार साहले ५७ , वीरगंजका इमरान शेखले ५० र कलैयाका पवन सर्राफले ३३ रनको योगदान दिए भने सशस्त्र प्रहरीले ब्याटिङ गर्दा सशस्त्रकातर्फबाट प्रदिप ऐरीले सर्वाधिक ५५,सन्दिप जोराले ५४ र पुरन बोहराले ३२ रनको योगदान दिए । मधेशप्रदेश ब्याटिङ गर्दा सशस्त्रको तर्फबाट मौसम ढकाल ३,अमर रौतेला २ र पुरन विक १ विकेट लिए । दोस्रो सेमिफाइनल खेलको म्यानअफ द म्याच मधेशप्रदेशका अनिलकुमार साह घोषित भए । शुक्रवार मध्यान्ह साढे १२ बजे आर्मी र मधेशप्रदेश वीच फाइनल खेल हुने जनाइएको छ । विजेतालाई ५ र उपविजेतालाई अढाई लाख नगद पुरस्कार रेहको उक्त प्रतियोगितामा १२ वटा टिमहरु सहभागि छन् । समुह एमा बागमति,कर्णाली,मदन भण्डारी स्पोर्टस एकेडेमी रेड,समुह बिमा एपिएफ,गण्डकी,लुम्बिनी,समुह सिमा नेपाल पुलिस,मधेशप्रदेश,सुदुरपश्चिम,डिमा आर्मी,कोशी,मदनभण्डारी स्पोर्टस एकेडेमी ब्लु रहेका छन् ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads