search

कृषि पत्रकारिता पुरस्कारबाट पुरस्कृतःपत्रकार त्रिपाठी

पढ्न छुटाउनुभयो ?

वीरगंज । वीरगंजका पत्रकार रितेश त्रिपाठी “नाफिज- कृषि पत्रकारिता पुरस्कार” बाट पुरस्कृत भएका छन् ।नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शनिबार काठमाडौंमा आयोजित सातौं महासभा तथा १४ औं वार्षिक सधारण सभाको अवसरमा पत्रकार त्रिपाठीलाई रु ५० हजार राशीको “नाफिज- कृषि पत्रकारिता पुरस्कार” प्रदान गरिएकाे हाे ।कार्यक्रमका प्रमुख अतिथि भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पत्रकार त्रिपाठीलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए ।
पत्रकार त्रिपाठी हाल उकालोका वरिष्ठ सम्वाददाता रुपमा कार्यरत छन् । त्रिपाठी नेपाल आर्थिक पत्रकार संघ पर्साका पूर्व अध्यक्ष समेत हुन् ।
सोही अवसरमा ५० हजार राशिकै बिमा पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय रिन खत्री र भिमा पन्थी पुरस्कृत भए ।यस्तै, भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार पत्रकार रोबिन पौडेललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि पनि ५० हजार रुपैयाँ नै रहेको छ ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads