search

नारायणी अस्पतालमा वार्ड निर्माणको लागि समझदारी

रु ४० लाखमा पोस्टनेटल वार्ड बन्ने

पढ्न छुटाउनुभयो ?

नारायणी अस्पताल वीरगंजमा प्रसूती पश्चात हेरचाह गर्न आवश्यक पर्ने कक्ष (पोस्ट नेटल केयर वार्ड) निर्माण हुने भएको छ । हाल रहेको कक्षमा सिमित संख्यामा बढ्दो चापका कारण प्रसूती भएका आमा र बच्चालाई राख्न कक्ष अपुग रहेकाले थप २५ जना सुत्केरी आमा र बच्चा राख्न मिल्ने गरि नयाँ कक्ष निर्माण गरिने भएको हो । पोस्ट नेटल केयर वार्डको निर्माणको जिम्मा कन्साई नेरोलेक पेन्ट जापान प्राइभेट लिमिटेडले लिएको छ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको पहलमा कन्साई नेरोलेक पेन्टले रु. ४० लाखको लागतमा अस्पतालमा पोस्ट नेटल केयर (पिएनसी) वार्ड निर्माण गर्ने सम्झौता गरेको नारायणी अस्पताल विकास समितिका अध्यक्ष धीरजकुमार गुप्ताले जानकारी दिए । पिएनसी वार्ड छिटोछरितो निर्माण सम्पन्न गर्न आइतबार एक कार्यक्रमकाबीच वीरगंज महानगरपालिका, कन्साई नेरोलेक पेन्ट र नारायणी अस्पतालबीच त्रिपक्षीय हस्ताक्षर समेत भएको छ । सम्झौतामा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साह र कन्साई नेरोलेक पेन्टका तर्फबाट मनोज मिश्राले हस्ताक्षर गरे। वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले अस्पतालमा निर्माण हुन लागेको पिएनसी वार्डको गुणस्तरीयतामा कुनै सम्झौता नहुने बताउदै गुणस्तरीय र बिरामी मैत्री संरचना निर्माण गर्न निर्देशन समेत दिए । अस्पतालको सेवा चुस्त र गुणस्तरीय बनाउन महानगरपालिकाले आइसीयु संचालनका लागि आवश्यक सहयोगका साथै अस्पतालको सरसफाई जिम्मा यस अघि नै लिएर काम गरिरहेको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads