search

बलात्कारको प्रयास गर्ने विरुद्ध मुद्दा दर्ता,पीडक फरार

पढ्न छुटाउनुभयो ?

वीरगंज, २ पुस ।
पर्साको पोखरिया नगरपालिकामा दलित कर्मचारीमाथिको बलात्कारको प्रयासको घटनामा मुद्दा दर्ता भएको छ ।

पीडित महिला र उनको श्रीमानले जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय पोखरियाले जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरेको हो । पोखरिया प्रहरीले सरसरफाई शाखाका कर्मचारी नाइके रामबली हजरामाथि जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरेको प्रहरी निरीक्षक मोहनविक्रम केसीले जनाए । उनका अनुसार पीडित महिलाबाट जाहेरी प्राप्त भएलगत्तै मुद्दा दर्ता गरेर पीडिक हजरालाई खोज्न टोली खटाइसकेको छ । प्रहरीका अनुसार मुद्दा दर्ता भएपछि पीडक फरार भएका छन् ।

शुक्रबार राती ९ बजे सरसरफाई शाखाका कर्मचारी हजराले ती महिलालाई फोन गरी जबरजस्ती कार्यालयमा कोही नभएको बेला बोलाएर बलात्कारको प्रयास गरेका थिए । शुरुमा उनले भुइतल्लामा सरसफाई गराएर पछि माथिल्लो तल्लामा लगेर कोठाको चुकुल लगाए । बलात्कारको प्रयास गर्न थालेपछि महिलाले चिच्याएर मद्दत मागिन ।त्यसपछि पीडक हाम फालेर भागेका थिए ।

यसै विषयमा पोखरिया नगरपालिकाले पनि घटना बारे छानविन गरिरहेको छ । नगरपालिकाले पत्रकार सम्मेलन गरी दोषीलाई कारवाही गर्ने जनाएको छ ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads