search

spot_img
spot_img

मर्नाखोलामा भारतीय नागरिक मृत अवस्थामा फेला

पढ्न छुटाउनुभयो ?

बीरगन्ज,०४ पुस । बीरगञ्ज महानगरपालिका वडा नम्बर २४ बहुअरी चोकस्थित मर्नाखोलामा   एक जना भारतीय एक जना मृत अवस्थामा फेला परेका छन् ।  भारतको मोतिहारी बस्ने सलेन्द्र तुराहा मृत अवस्थामा फेला परेको पर्सा प्रहरीले जनाएको छ ।

मृतक तुराहा ५/७ दिन अगाडि मात्रै श्रीमतीसंगै ड्राइपोटमा रहेको आफ्नो ससुराली घरमा आएका थिए । मृतक तुराहा हिजो माद्यक पदार्थ सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा पाइएको पर्सा प्रहरीले बताएको छ ।

प्रहरी भन्छ,‘अहिलेसम्मको अनुसन्धानमा मृतक तुराहाले मापसे गरेको खुलेको छ, अर्को उनी मिर्गीको विरामी पनि थिए । साँझ मापसे गरेर नदीमा पसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा पाइएको छ ।’

नदीतर्फ घुम्न गएको स्थानीयले प्रहरीलाई खबर गरेपछि पर्सा प्रहरीको टोली घटनास्थलमा पुगेको प्रहरी प्रवक्ता कुमारविक्रम थापाले बताए ।

उनका अनुसार शव उठाएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । पोष्टमार्टमा रिपोर्ट आइसकेपछि थप अनुसन्धानको प्रक्रिया अगाडि बढाइने पर्सा प्रहरीले बताए

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलविद्युत उत्पादनको लगानीमा तीव्रता: एचआईडीसीएल र ऊर्जा मन्त्रालयबीच कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर

काठमाडौँ, १५ असार/ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)...

सम्बन्धित खबर

- Advertisement -neelambads