search

spot_img
spot_img

पर्सागढीमा ‘म बालिका हो, दुलही होइन’ अभियान

पढ्न छुटाउनुभयो ?

वीरगंज ५ पुस मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहले प्रदेशलाई किशोरीमैत्री बनाउने योजनाका साथ यहाँका किशोरीहरूलाई साथी बनाएका छन् ।
मधेश प्रदेशको पर्सा जिल्लास्थित पर्सागढी नगरपालिकामा ‘म बालिका हो, दुलही होइन’ अभियानमा सम्बद्ध सामुदायिक विद्यालयका छात्राहरुले आज मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहलाई भेटेर साथी बन्न आव्हान गरेपछी मन्त्री सिंहले उनीहरूको प्रस्ताव स्विकार गरेका हुन् ।
यहाँका ११० जना किशोरीहरूले भिजन क्लब गठन गरेर विद्यालय स्तरमा महिनावारी स्वच्छता, यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार, बाल विवाह न्यूनिकरण, बाल सहभागिता जस्ता विषयमा छलफल चलाउँदै आएका छन् ।
एकीकृत ग्रामीण स्वास्थ्य विकास तालिम केन्द्रले पर्सागढीका किशोरीहरूलाई चेतनासँगै क्षमता विकासका लागि विभिन्न अभिमुखिकरण कार्यक्रम संचालन् गर्दै आइरहेको छ । किशोरीहरूले मात्र यस विषयमा बोलेर आफ्नो नगर र समग्र प्रदेश किशोरीमैत्री नहुने भन्दै यसका लागि जनप्रतिनिधि सहित सरोकारवाला निकायका प्रतिनिधि सबैलाई साथी बनाएर एकीकृत पहलकदमी लिन यो उपाय अपनाइएको भिजन क्लबकी लिडर मधु यादवले बताइन् ।
यसै योजना अन्तर्गत मन्त्री सिंहसँग पनि किशोरीहरुले साथीको साइनो गाँसेका हुन् ।
किशोरीहरूसँग साथी बन्ने कार्यक्रमका क्रममा बोल्दै मन्त्री सिंहले मधेस प्रदेशमा बालिका तथा किशोरीहरूले भोग्नुपर्ने सामाजिक, मानसिक साथै यौन तथा प्रजनन स्वास्थ्यका समस्याहरुलाई निराकरण गर्न आफू लागि पर्ने बताए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलविद्युत उत्पादनको लगानीमा तीव्रता: एचआईडीसीएल र ऊर्जा मन्त्रालयबीच कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर

काठमाडौँ, १५ असार/ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)...

सम्बन्धित खबर

- Advertisement -neelambads