search

spot_img
spot_img

सिजिकपः न्यू एकता र सिमरा पब्लिक विजयी

पढ्न छुटाउनुभयो ?

वीरगंज ७ पुष।
वीरगंजमा जारी सिजि इजुकेश कपमा आज दुई वटा खेल सम्पन्न भएको छ । दिल्ली पब्लिक स्कूल वीरगंजद्वारा पुस ४ गतेदेखि आयोजना भएको नवौं संस्करणको प्रतियोगिताको शुक्रवार भएको न्यू एकता स्कूल सिमरा र लिटल फ्लावर वीच भएको पहिलो खेलमा न्यू एकता स्कूल सिमरा लिटल फ्लावरलाई शून्य गोलको विरुद्ध ४ गोलले विजयी भएको हो ।

न्यू एकताको तर्फबाट केशव श्रेष्ठले २५,४३ र ५२ औं मिनेटमा एक्लै तीन गोल गरे भने न्यू एकताका अर्का खेलाडी सन्तोष मगरले ४० औं मिनेटमा एक गोल गरे । अर्थात न्यू एकताको तर्फबाट कुल चार गोल भएको थियो । न्यू एकता स्कूल सिमराका खेलाडीका अगाडि लिटल फ्लावरका खेलाडी निरिह बनेका थिए । पटकपटक प्रयास गरे तापनि लिटल फ्लावरले एक गोल पनि गर्न सकेन । पहिलो खेलको उत्कृष्ट खेलाडी न्यू एकताका तर्फबाट तीन गोल गर्ने केशव श्रेष्ठ घोषित भए ।

शुक्रवारको दोसो खेलमा वीरगंजको साउथजोन स्कूललाई १ गोलको विरुद्ध २ गोलले गर्दै सिमरा पब्लिक स्कूल विजयी भएको छ । सिमराका तर्फबाट प्रिंयाश दास थारुले ३१ औं र समिर रोयले ४९ औं मिनेटमा दुई गोल गर्दा साउथजोनका तर्फबाट खेलको अन्तिम समय अर्थात ५९ औं मिनेटमा एक गोल फर्काउन सफल भए । साउथजोनका तर्फबाट आदित्य चौधरीले सन्तावना एक गोल गरे । उक्त खेलको उत्कृष्ट खेलाडीको रुपमा सिमरा पब्लिक स्कूलका विवेक चौधरी घोषित भए । शनिवार पहिलो खेल लोटस एकेडेमी वीरगंज र मोर्डन स्कूल परवानीपुर वीच हुनेछ भने दोस्रो खेल सिमराको शुभतारा स्कूल र सोलाडिरिटी स्कूल वीच हुने आयोजक डिपिएसका प्रिन्सिपल रञ्जीव आनन्दले जनकारी गराए ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads