search

पत्नीलाई कान्छीआमा बनाएर निवृत्तिभरणको रकम खाने अभियुक्तद्वय डेढ लाख धरौटीमा रिहा

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ पुस ।

पर्साको चर्चित किर्ते मुद्दामा पक्राउ परेका अभियुक्तहरू जनही डेढ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । पर्सा जिल्ला अदालतको आदेशमा अभियुक्तहरू रिहा भएका हुन् ।

शुक्रवार पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश रामप्रसाद शर्माको इजलासले थुनछेक बहसमा सो आदेश गरेको हो । किर्ते गरी पत्नीलाई कान्छीआमा बनाएको मुद्दामा दुवैतर्फका कानून व्यवसायीको बहस पैरवी सुनेपछि मुख्य न्यायाधीश शर्माले धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।

पर्सा प्रहरीमा दर्ता भएको किर्ते मुद्दाको मिसिल जिल्ला सरकारी वकीलको कार्यालयमा पुगेपछि पर्सा जिल्ला अदालतमा लिखत, नागरिकता र किर्ते कसूरमा अभियोगपत्र दायर भएर शुक्रवार पेसीमा मुद्दा दर्ता भएकोमा १ नं बेन्चको इजलासबाट सो आदेश आएको अदालतका श्रेस्तेदार धनेन्द्र अधिकारीले बताए ।

धरौटीमा पर्सा, बहुदरमाई नपा–२ सिसियाडी बस्ने विकासप्रसाद यादव र निजकी पत्नी सङ्गीता देवी रिहा भएका हुन् । पर्सा प्रहरीले केही साताअघि किर्ते मुद्दामा दुवै पतिपत्नीलाई पक्राउ गरेको थियो ।

यसै मुद्दामा बहुदरमाई नपा–२ का अध्यक्ष जीतेन्द्र पटेल अहिलेसम्म फरार छन् ।

पर्सा प्रहरीको अनुसन्धानबाट विकासले आफ्नी पत्नी सङ्गीतालाई नक्कली कान्छीआमा बनाएर बुबाको मृत्युपश्चात् पाइने निवृत्तिभरणको रकम कुम्ल्याइरहेका थिए । पतिपत्नीले निवृत्तिभरणबापत रु १२ लाखभन्दा बढी रकम झिकेको नेपाल बैंक लिमिटेडको स्टेटमेन्टबाट देखिएको छ ।

अदालतले मुद्दाको प्रारम्भिक सुनवाइको क्रममा गरेको आदेशमा जाहेरीवाला प्रमोदप्रसाद यादवले असन्तोष प्रकट गरेका छन् ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads