बारा प्रहरीले बिल बिजक बिनाको समान तस्करी गरिएको भन्दै १४ लाख मूल्य बराबरको समानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ । गएराति साढे ९ बजेको समयमा जितपुरसिमरा–१ पथलैयाबाट बारा प्रहरीले चेकजाँचको क्रममा ना ८ ख ७५३५ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराए । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता समेत रहेका प्रनाउ न्यौपानेले प्रहरी चौकी पथलैया टोलीले चेकजाँचको क्रममा ट्रकमा भेटिएको समानको स्रोत खुलाउन भन्दा चालकले स्रोत खुलाउन नसकेपछि समान र ट्रक नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको बारा प्रहरीले जनाएको छ ।