search

spot_img
spot_img

प्रो क्लब टि–२० क्रिकेटः नेपाल पुलिस र पर्सा ११ विजयी

पढ्न छुटाउनुभयो ?

वीरगंजमा जारी ‘प्रो क्लब च्याम्पियनसिप’ टि–२० क्रिकेट प्रतियोगितामा शनिवार दुई वटा खेल सम्पन्न भए । यूपी ११ र नेपाल पुलिस क्लब वीच भएको पहिलो खेलमा नेपाल पुलिस क्लब विजयी भयो भने ओन्डर्स नोयडा क्लब एवं पर्सा ११ वीच भएको दोस्रो खेलमा पर्सा ११ विजयी भयो । क्यान पर्साको आयोजनामा नारायणी क्रिकेट मैदानमा आयोजित पहिलो खेलमा नेपाल पुलिस क्लबले टस जिति बलिङ रोज्यो । प्रथम पारीमा यूपी ११ ले ब्याटिङ गर्दै निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षतिमा जम्मा ८८ जोड्यो ।

जसमा यूपी ११ का तर्फबाट निखिल प्रतापले २५ र शुभम चौधरीले १५ रनको योदान गरे । अन्य खेलाडी दोहोर अंक पनि बनाउन सकेनन् । नेपाल पुलिसका तर्फबाट सागर ढकाल,रासिद खानले समान २–२ विकेट लिए भने ३ जना ब्याटर रन आउट भएपछि यूपी ११ को स्कोर २० ओभरमा ८८ रनै समेटियो । ८९ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको नेपाल पुलिसले निर्धारित २० ओभर मध्ये १४ दशमलव २ ओभरमै ४ विकेटको क्षतिमा ९२ रन बनाई विजयी भयो । नेपाल पुलिसले ६ विकेटले उक्त खेल जित्यो । जसमा नेपाल पुलिसका तर्फबाट शंकर राणाले सर्वाधिक ३४,आरिफ शेखले २३ ,दिलिप नाथले २१ रनको योगदान दिए । यूपीका तर्फबाट शमसाद अहमद २,भीम शर्मा र वसिम अन्सारीले १–१ विकेट लिए । पहिलो खेलका उत्कृष्ट खेलाडी शंकर राणा घोषित भए ।

त्यसैगरी,पर्सा ११ र नोयडा वीच भएको दोस्रो खेलमा पर्सा ११ ले ५ विकेटले नोयडालाई पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको नोयडाले १९ दशमल ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय १ रन जोडयो । जसमा नोयडाका तर्फबाट अलिप्त गुप्ताले १९,कप्तान हर्षित सेठीले १८,तरुण विष्ठले १५ रनको योगदान दिए भने पर्साका सैफुल्ला अन्सारी र पर्साका कप्तान सन्दिप लामिछानेले समान २–२ विकेट लिए भने पवन सर्राफ,रुपेश सिंह,रन्जीत कुमारले १–१ विकेट लिए । ३ जना रन आउट भएका थिए । १०२ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको पर्साले १९ दशमलव २ ओभरमा ५ विकेटको क्षतिमा १०२ रनको लक्ष्य भेटायो । जसमा पर्साका पवन सर्राफले २७, हासिम अन्सारी र अनिल साहले २१–२१ रन जोडे भने नोयडाका तर्फबाट सञ्जीव चतुर्वेदीले २ र सेठीले १ र दिव्यांस रावतले १ विकेट लिए । दोस्रो खेलको उत्कृष्ट खेलाडी पवन सर्राफ घोषित भए । पुस ५ गतेदेखि पुस १४ गते सम्म चल्ने यो प्रतियोगितामा तीन विभागीय,एक पर्सा र दुई भारतीइ टिम गरी कुल ६ वटा टिमको सहभागिता छ । भैरहवा पछि वीरगंजमा दोस्रो संस्करणको रुपमा आयोजना भइरहेको प्रतियोगितामा अधिकांश नेपाली स्टार क्रिकेटरहरु खेलिरहेकोले दर्शकहरुको भाीडभाड बढि छ । दर्शकले आफना स्टार खेलाडीलाई प्रत्यक्ष हेर्न ग्राउन्डमा गइरहेका छन् ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads