search

तलववृद्धिको माग गर्दै ठाराब क्याम्पसमा तालाबन्दी

पढ्न छुटाउनुभयो ?

वीरगंज,८ पुस । ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंजमा कर्मचारीहरूले तलबवृद्धिको माग गर्दै आइतवार तालाबन्दी गरेका छन् ।
१५ वर्षदेखि तलब नबढाएको भन्दै १० जना कर्मचारीहरूले तलबभत्ता बृद्धिको माग गर्दै त्रिवि कर्मचारी संघले आइतवार क्याम्पसमा तालाबन्दी गरेको हो ।
संघका अध्यक्ष किशोरी चौधरीको नेतृत्वमा कर्मचारीहरूले क्याम्पसको कर्मचारी प्रशासन शाखा, आइटी शाखा, सामान्य प्रशासन तथा स्टोर शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा ताल्चा मारेको आन्दोलनरत कर्मचारी मध्येका मनोहर साहले जानकारी दिए ।
क्याम्पसले २०६६ सालदेखि आन्तरिक करारामा नियुक्त गरेका १० जना कर्मचारीहरू विगत १५ वर्षदेखि मासिक १५ हजार रूपेयाँको तलबमा काम गर्दै आइरहेका छन् ।श्रम ऐन अनु्सार तलबबृद्धिको माग गर्दै कर्मचारीहरूले गत बुधवार एक घण्टा, गत बिहीवार दुर्ई घण्टा र गत शुक्रवार तीन घण्टा काम ठप्प पारेका थिए । त्यति गर्दासमेत माग सम्बोधनका लागि क्याम्पस प्र्रशासनले चासो नलिएपछि आइतवार क्याम्पसका विभिन्न शाखामा तालाबन्दी गरिएको त्रिवि कर्मचारी संघका अध्यक्ष चौधरीले बताए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads