search

spot_img
spot_img

बारा प्रहरीद्वारा लागूऔषधसहित चारजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ पुस । जिल्ला प्रहरी कार्यालय बाराले प्रतिबन्धित लागूऔषध टयाबलेटसहित चारजना पक्राउ परेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय सिमराले जीतपुरसिमरा उपमहानगरपालिका–३, बजनीबाट प्र.२–०३–०१६ प ०८८८ नम्बरको मोटरसाइकलमा सवार कलैया उपमहानगरपालिका वडा नं.१ बस्ने वर्ष ४३ को जयशंकर प्रसाद यादव, पछाडि बस्ने वर्ष २४ को मनिष कुमार साहलाई लागूऔषधसहित पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले फेनरागन– २९६ पिस, डाईजेपाम– ३०३ पिस, बुप्रो नोर्पिmन– ३०० पिस बरामद गरेको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक दधिराम न्यौपानेले बताएका छन् ।
यसैगरी इलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका वडा नं.९ शहिद चोकबाट निजगढ–८ बुद्ध चोक बस्ने वर्ष २० को विवेक मोक्तान र जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ टांगिया बस्ने वर्ष २० को सागर तामाङलाई लागूऔषधसहित पक्राउ गरेको प्रवक्ता न्यौपानेले बताए । उनीहरुको साथबाट ट्रामानिल १८० पिस बरामद भएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलविद्युत उत्पादनको लगानीमा तीव्रता: एचआईडीसीएल र ऊर्जा मन्त्रालयबीच कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर

काठमाडौँ, १५ असार/ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)...

सम्बन्धित खबर

- Advertisement -neelambads