search

खेलाडी उत्पादन गर्न वीरगन्जमा स्पाेर्ट्स एकेडेमी सञ्चालन

पढ्न छुटाउनुभयो ?

वीरगन्ज,१०पुष:वीरगन्जमा मंगलबारदेखि मोफसलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले नेसनल स्पोर्ट्स एकेडेमी सञ्चालनमा आएको छ । ज्ञानदा एकेडेमी वीरगन्जले उक्त एकेडेमी सञ्चालनमा ल्याएको हो ।

पर्सा क्रिकेट संघका अध्यक्ष मनीष सिंहले मंगलबार उक्त एकेडेमीको उद्घाटन गरे । सिंहले पर्याप्त पूर्वाधार तथा जनशक्तिसहित सञ्चालनमा आएको एकेडेमीले वीरगन्ज मात्र नभई मधेस प्रदेशमै क्रिकेटका स्तरीय खेलाडी उत्पादन गर्न सफल हुने विश्वास व्यक्त गरे । ज्ञानदा एकेडेमीका सीईओ तथा प्रिन्सिपल राजेन्द्रप्रसाद कोइरालाले एकेडेमीले गुणस्तरमा सम्झौता नगरेकाले एकेडेमीबाट प्रतिभावान खेलाडी उत्पादन हुने दाबी गरे । उनले भविष्यमा क्रिकेटसँगै फुटबल, बास्केटबललगायतका खेलको पनि एकेडमीमा प्रशिक्षण दिइने बताए ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले नेपाली क्रिकेटमा वीरगन्जको योगदान लामो समयदेखि रहँदै आएको बताउँदै वीरगन्जमा एकेडेमी सञ्चालन हुनु खुसीको कुरा भएको बताए । उनले एकेडेमीबाट दीक्षित भएर भविष्यमा वीरगन्जबाट अझ प्रतिभावान खेलाडी राष्ट्रिय क्रिकेट टोलीमा आउनेमा आफू आशावादी रहेको बताए । पौडेलले शारीरिक तन्दुरुस्तीका लागि सबैले दैनिक २४ घण्टामध्ये एक घण्टा खेलकुदलाई छुट्याउनु पर्ने सुझाव दिए ।

एभरेस्ट प्रिमियर लिग प्रालिका निर्देशक आमिर अख्तरले वीरगन्जमा क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले एकेडेमी सञ्चालन हुनु अत्यन्त सह्रानीय कार्य रहेको बताए । वीरगन्ज क्षेत्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा थप योगदान हुने उनको भनाइ छ । ज्ञानदा एकेडेमीका संस्थापक सन्दीप तुल्स्यानले खेलकुद क्षेत्रको विकासका लागि एकेडेमीले भविष्यमा थप लगानी गर्ने बताए।

एकेडेमीका प्रशिक्षक जहुर अन्सारीले ३० जना प्रशिक्षार्थीको टोलीले आवासीयय सुविधासहित एक साथ एकेडेमीमा बसेर प्रशिक्षण लिन सक्ने बताए । उद्घाटन समारोहमा राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूसोमपाल कामी, करण केसी, कुशल मल्ल, आरिफ शेख, आशिफ शेख, अविनाश कर्णलगायत समेत सहभागी थिए ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads