search

spot_img
spot_img

बारा मजदूरद्वारा विद्युत् प्रFधिकरणविरुद्ध प्रदर्शन

पढ्न छुटाउनुभयो ?

बारा, ११ पुस । नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएका उद्योगमा कार्यरत मजदुरहरूले रोजगारी संकटमा परेको भन्दै आज विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शन गर्दै मजदूरहरुले इलाका प्रशासन कार्यालय सिमरामा ध्यानाकर्षण पत्र बुझाउँदै ६ हजारभन्दा बढी मजदुरहरूको रोजगारीमा प्रत्यक्ष असर परेको बताएका हुन् ।
इलाका प्रशासन कार्यालय सिमराका प्रमुख ध्रुव गिरीमार्फत नेपाल विद्युत प्राधिकरणलाई बुझाइएको ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘नेपाल विद्युत प्राधिकरणले एक्कासी विद्युत लाइन काटेपछि रोजगार दाताहरूबाट उद्योगमा श्रमिकहरू कटौती गरी पारिश्रमिक दिन नसक्ने जानकारी गराएको हुँदा ती प्रतिष्ठानहरूमा कार्यरत ६ हजारभन्दा बढी श्रमिकहरूको रोजगारीमा प्रत्यक्ष असर पर्न गएको व्यहोरा सम्बन्धीत सरोकारवाला सबैमा गम्भीर ध्यानाकर्षण गराउँदछौं ।’
‘डेडिकेटेड फिडर’ र ‘ट्रंक लाइन’ मार्पmत वितरण गरेको विद्युतको महसुल दरको भुक्तानीलाई लिएर नेपाल विद्युत प्राधिकरणले कतिपय उद्योगको बिजुलीको लाइन काट्न थालेपछि सरकार र व्यवसायीबीच आरोप–प्रत्यारोप चलेको छ । नेपाल विद्युत प्राधिकरणले बारा जिल्लास्थित जगदम्बा स्टिल्स, त्रिवेणी स्पेनिङ मिल्स, हुलास स्टिल, अशोक स्टिलसहितका उद्योगहरूमा पुस ७ गते बिजुली काटेको थियो । त्यसको विरोधमा मजदुरहरूले कालो ब्यानर र प्लेकार्डसहित बुधवार प्रदर्शन गरे । उनीहरू जुलुससहित इलाका प्रशासन कार्यालय सिमरामा पुगेर ध्यानाकर्षण पत्र बुझाए । उनीहरूले रोजगारीको ग्यारेन्टी गर, श्रमिकको अधिकार सुनिश्चित गर, बन्द उद्योग खुला गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
जगदम्बा स्टिलमा करिव ३ हजार ५ सय, त्रिवेणी स्पिनिङमा करिव २ हजार ५ सय र हुलास स्टिलमा करिव एक हजार ५ सय मजदुरहरू कार्यरत छन् । बिजुली काटिएपछि उद्योग बन्द भएको र रोजीरोटी संकटमा परेको मजदुरहरूको भनाइ छ । उनीहरूले उद्योग र प्राधिकरणबीचको द्वन्द्वको मारमा आफूहरू परेको गुनासो गरेका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । असार ९ गते...

सम्बन्धित खबर

- Advertisement -neelambads