search

spot_img
spot_img

समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा साह

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज
जनता समाजवादी पार्टी नेपालको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन पर्साको जिल्ला कार्य समिति विस्तार गरिएको छ । हरिन्द्र साहको अध्यक्षतामा समाजवादी विद्यार्थी युनियन पर्साको नयाँ कार्यसमिति विस्तार गरिएको हो । वीरगंजमा शनिबार सम्पन्न विस्तारित बैठकले साहको अध्यक्षतामा ५१ सदस्यियत जिल्ला कार्य समिति सर्वसम्मत चयन गर्दै विस्तार गरेको हो । समितिको उपाध्यक्षमा विवेकराज पटेल, दिपेन्द्र गुप्ता, अन्जना मल्लिक सचिवमा आयुष यादव, सहसचिवमा दिपक कुमार पटेल लगायत छन् ।
विद्यार्थी युनियनको केन्द्रीय पदाधिकारी बैठकले गएको मंसिर २७ गते साहलाई पर्सा जिल्ला संयोजकको जिम्मेवारी दिँदै जिल्ला कार्य समिति विस्तार गर्न निर्देशन दिएको थियो । सोही बमोजिम शनिबार जिल्ला भरका विद्यार्थीको भेलाले सर्वसम्मत जिल्ला कार्यसमिति विस्तार गरेको हो । शनिबार सम्पन्न विस्तारित बैठकमा पार्टीका केन्द्रीय सदस्य समेत रहेका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पार्टीलाई शसक्त बनाउन युवा विद्यार्थीको खाँचो रहेको बताउँदै विधि विधानमा रहेर सबै हिँड्न जरुरी रहेको बताए । मेयर सिंहले पुनर्गठित विद्यार्थी युनियनले सबैलाई समेट्ने गरि काम गरेर देखाउन आग्रह गरे ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य भीमा यादव, जिल्ला समन्वय समिति पर्साका अध्यक्ष निरन्जन सर्राफ, पार्टीका वरिष्ठ नेता प्रेमबाबु पटेल, जिल्ला सचिव उमेशलाल सहनी, नगर अध्यक्ष ईश्वर यादव, संघीय परिषद सदस्य शिवजी सोनी, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव निखिल वर्णवाल लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेश प्रदेश सरकारद्वारा उच्च आन्तरिक राजश्व संकलन

जनकपुरधाम २८ साउन । आर्थिक वर्ष ०८१ / ८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैया...

सम्बन्धित खबर

- Advertisement -neelambads