जैन श्वेताम्बर तेरापंथीको महाप्रयाण दिवस

1200x150_1200x150-01.jpg (1)

वीरगंज, २३ वैशाख/ जैन श्वेताम्बर तेरापंथी सभाद्वारा तेरापंथ भवनमा आइतवार आयोजित समारोहमा समणी डा ज्योति प्रज्ञाले आजको समयमा महाप्रज्ञको जीवनदायिनी सन्देशको महत्व अनुभूति गर्न आग्रह गर्नुभयो ।

जैन धर्मावलम्बी आचार्य श्रीमहाप्रज्ञको १५औ महाप्रयाण दिवसको अवसरमा आइतवार वीरगंजमा सम्पन्न कार्यक्रममा भारतीय महावाणिज्यदूत देवी सहाय मीणाले ज्ञानी पुरूषको उपदेशको कुनै सीमा नभएको बताउँदै महाप्रज्ञ भारत बाहिर पनि प्रसिद्ध रहेको भन्नुभयो । महाप्रज्ञ ज्यूँदो छँदा उनीबाट शान्ति सन्देश ग्रहण गर्न दुनियाभरिका विशिष्ट व्यक्तिहरू आउने गरेको बताउनुभयो ।

नेपाल तेरापंथ समाजका वरिष्ठ उपाध्यक्ष अशोक कुमार बैदले महाप्रज्ञको जीवन सन्दर्भलाई विस्तारमा जानकारी गराउनुभयो। महाप्रज्ञले संस्कृत, हिन्दी, अङ्ग्रेजीलगायत भाषामा तीन सय पुस्तक लेखेको बताउनुभयो । उहां एउटा आदर्श महापुरूष थिए, बैदले भन्नुभयो– महाप्रज्ञको सन्देश र साक्षात्कार गर्ने सुयोग प्राप्त हुनु जीवनको स्मरणीय क्षण हो ।

वरिष्ठ पत्रकार चन्द्रकिशोरले जैन धर्मका पाँच मूख्य विशेषताहरूको सविस्तार व्याख्या गरेका थिए । निर्मल सिन्घीले स्वागत गरेको कार्यक्रममा अतिथिहरूलाई जैन साहित्य उपहारमा दिइएको थियो ।

वीरगंजको सामाजिक एवं आर्थिक क्षेत्रमा जैन धर्मावलम्बीहरूको ठूलो भूमिका रहेको कार्यक्रममा जानकारी गराइएको थियो।

सम्बन्धित पोस्टहरुः