search

spot_img
spot_img

नौतन बहुअरीमा कारको ठक्करबाट बालिकाको मृत्यु

पढ्न छुटाउनुभयो ?

 परवानीपुर, २५ वैशाख/
वीरगंज–कलैया सडकखण्डको नौतन बहुअरीमा कारले ठक्कर दिंदा एकजना बालिकाको मृत्यु भएको छ । बारा, परवानीपुर गाउँपालिका–५ नौतन बस्ने ऋषिमुनि कानूकी छ वर्षीया छोरी प्रीतिकुमारी साह (कजरी)को मृत्यु भएको हो ।
दिउँसो २ बजे कलैयाबाट वीरगंज गइरहेको बिएल १ सिएस २३६० भारतीय नम्बरको कारले ठक्कर दिएपछि अचेत भएकी बालिकाको उपचारको लागि एलएस न्युरो अस्पताल, बहुअरीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि केहीबेर गाउँलेहरूले सडकमा चक्काजाम गर्ने प्रयास गरेका थिए । प्रहरीले बल प्रयोग गरी आवागमन सुचारु गराएको थियो ।

कारमा सवार बारा, सिम्रौनगढ नगरपालिका–९ बसवरिया बस्ने ३७ वर्षीय मुकेशप्रसाद यादव र भारत, बिहार, मोतिहारी भदहज बस्ने २७ वर्षीय मनीषकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । दुवैजनाको हात र शरीरमा चोटपटक लागेको छ । यी दुवैमा कारचालक को हो भन्नेबारे प्रहरीले यकीन बताएको छैन ।

बालिकाको शव अस्पतालमा राखिएको छ । इलाका प्रहरी कार्यालय, नौतनको टोलीले दुवैजनालाई नियन्त्रणमा राखेको छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads