search

spot_img
spot_img

सबैभन्दा बढी मकैखेती बहुदरमाईमा

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २५ वैशाख/

पर्सामा नगन्य मात्रामा मकैखेती हुने गरेकोमा अहिले बढ्न थालेको छ । पर्साको वीरगंज महानगरपालिका, बहुदरमाई, पर्सागढी नगरपालिका, पटेर्वासुगौली, जीराभवानी र ठोरी गाउँपालिकालगायतमा गहुँको सिजनमा थोरै क्ष्Fेत्रफलमा मकैखेती हुँदै आएकोमा यस वर्ष सबैभन्दा बढी मकैखेती बहुदरमाईमा भएको छ ।

बहुदरमाई नपा–२ सिसियाडी बैरियामा करीब सय बिघाभन्दा बढी क्षेत्रफलमा मकैखेती भएको स्थानीय रामप्रवेश रामले बताए ।

गहुँभन्दा बढी मूल्य पाइने र नगदेबालीको रूपमा मकैखेतीलाई किसानहरूले अँगाल्दै गएपछि गहुँबालीको सट्टा किसानहरू मकैखेतीलाई प्राथमिकता दिन थालेका छन् ।

गहुँबाली प्रतिकट्ठा बढीमा दुई क्विन्टल उत्पादन हुन्छ भने मकैखेती प्रतिकट्ठा तीनदेखि चार क्विन्टल उत्पादन हुने हुँदा किसानहरूको आकर्षण मकैखेतीप्रति बढ्दै गएको अर्का किसान एवं अधिवक्ता सुनील कुशवाहा बताउँछन् ।

उनले डेढ कट्ठामा लगाएको मकैबालीको झारपात गाइफार्मको चारा (गुन्द्रुकजस्तो खानेकुरा–साइलेज) बनाउन बिक्री गरेको बताए । एक महीनापछि मकैबाली भिœयाउने त्यहाँका किसानहरूले बताए । करीब पाँच महीनाको अवधिमा प्रतिकट्ठा तीनपटक छदेखि १० किलो युरिया, पाँच किलो डिएपी र चारपटक सिंचाइ गर्दा किसानहरूले मनग्य आम्दानी गरिरहेको अर्का किसान रामकिसुन रामले बताए । एकअर्काको मकैबालीको उत्पादनबाट प्रभावित हुँदा पछिल्लो समय मकैबाली लगाउने किसानहरूको सङ्ख्या वृद्धि हुँदै गएको छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads