search

spot_img
spot_img

विषाक्त खानाले मर्ने गिद्धको संख्या ६ पुग्यो

पढ्न छुटाउनुभयो ?

३० फागुन, पुर्वी नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा विषाक्त सिनो खाएर मर्ने गिद्धको सङ्ख्या ६ पुगेको छ । साथै चार वटा बिरामी गिद्धलाई उद्धार गरेर कावासोती १३ मा रहेको जटायु रेष्टुराँमा उपचार गरिएको छ ।

मर्ने सबै गिद्ध लोपोन्मुख डङ्गर प्रजातीका हुन् । कावासोती नगरपालिका-३ नजिकै रहेको ज्योतिकुञ्ज सामुदायिक वन र अङ्कुर सामुदायिक वन क्षेत्र आसपास केरुङ्गे खोला नजिकै मृत अवस्थामा गिद्धहरु फेला परेपछि स्थानीयले प्रहरी र डिभिजन वन कार्यालयमा खबर गरेका थिए ।

गिद्ध मरेको खबर पाएलगत्तै घटनास्थलमा राष्ट्रिय प्राकृतिक संरक्षण कोषका चरा विशेषज्ञ चिकित्सक डा विकल्प कार्कीको नेतृत्वमा प्राविधिकको टोली पुगेर बिरामी गिद्धको प्राथमिक उपचार गरेको थियो ।

प्राथमिक उपचारपछि बिरामी गिद्धलाई जटायु रेष्टुराँमा ल्याएर थप उपचार गरिएको र गिद्धको स्वास्थ्यमा उल्लेखीय सुधार आएको डाक्टर कार्कीले बताए । मरेका गिद्धको पोस्टर्माटम गर्दा पेटमा स्यालको सिनो भेटिएको थियो । विषाक्त खाना खाएर मरेको स्यालको सिनो खाएपछि गिद्ध मरेको प्रारम्भिक अनुसन्धानले देखाएको डा. कार्कीको भनाइ छ ।

मरेका गिद्धको पोस्टमार्टमपछि सङ्कलन गरिएको नमुना र मरेको स्यालको नमुनासमेत परीक्षणका लागि डिभिजन वन कार्यालयमार्फत नेपाल प्रहरीको काठमाडौंस्थित विधि विज्ञान प्रयोगशालामा पठाइने छ । प्रयोगशालाको अन्तिम रिपोर्ट आएपछि मात्रै कुन विषादीको कारणले स्याल र गिद्ध मरेका हुन भन्न सकिने डा कार्की बताउँछन् ।

घटनास्थल आसपास गिद्धको बासस्थान र बच्चा कोरल्ने गुँड नजिकै भएकाले धेरै सङ्ख्यामा गिद्ध बिरामी अवस्थामा हुनसक्ने भएकाले जटायु रेष्टुराँ र पक्षी संरक्षण सङ्घको संयुक्त टोली आसापासको जङ्गलमा मङ्गलबार खोजी गर्ने जटायु रेष्टुराँका अध्यक्षसमेत रहेका चरा विज्ञ डिबी चौधरीले बताए ।

मरेका घरपालुवाको जनावरमा विष मिसाएर स्याल मार्न खोज्दा मरेको स्यालको सिनो खाएर गिद्ध मरेकाले विषादी प्रयोग गरेर स्याल मार्नेको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक साजन शर्माले जानकारी दिए ।

गत शनिबार मात्रै जटायु रेष्टुराँबाट चितवन राष्ट्रिय निकुन्जको कसरामा रहेको गिद्ध प्रजनन केन्द्रमा हुर्किएका १० वटा गिद्धलाई प्राकृतिक बासस्थानमा छोडिएको थियो ।

संरक्षणको क्षेत्रमा उदाहरणीय काम हुँदै गर्दा गिद्ध मरेको खबर सार्वजनिक भएपछि संरक्षणकर्मीको लागि चिन्ताको विषय भएको छ । यस क्षेत्रमा नौ प्रजातीका गिद्ध पाइन्छन् ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads