search

spot_img
spot_img

महानगरभित्र होटलहरूको अनुगमन गर्दै स्वस्थ र सफा सेवा दिन चेतावनी

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ वैशाख । वीरगंज महानगरपालिकाले महानगरभित्र सञ्चालित होटलहरूको अनुगमन गर्दै स्वस्थ र सफा सेवा दिन चेतावनी दिएको छ ।
वीरगंज महानगरका उपमेयर इम्तियाज आलमको संयोजकत्वमा गठित बजार अनुगमन समितिद्वारा आज होटलहरूको अनुगमन गरेको थियो ।
केही दिनयता विभिन्न सामाजिक संजालहरूमा केएफसीले उपलब्ध गराएको खानाको फोटोसहित जनगुनासो आएपछि बिहीवार अनुगमन टोलीले वीरगंजमा रहेको केएफसी होटलमा अनुगमन गर्दा किचेन र आउटलेटमा ठीक देखिएको र केही कैफियत नभेटिएको वीरगंज महानगरका बरिष्ठ खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दासले बताउनु भयो ।
टोलीले गण्डकस्थित क्लार्क रिसोर्टको पनि अनुगमन गरेको थियो । अनुगमन गर्दा क्लार्क रिसोर्टको किचेन फोहोर देखिएको, किचेनमा प्रतिबन्धित हाइड्रो पाइएको र डेट एक्स्पाएर भएको मसाला पाइएपछि होटल प्रशासनलाई सचेत गराइएको अनुगमन टोलीका सदस्य कन्हैया ठाकुरले बताउनुभयो ।
अनुगमन टोलीका सदस्य होटल तथा पर्यटन ब्यबसायी संघका अध्यक्ष हरि पन्तले राम्रो सरसफाइ गरी किचेनलाइ ब्यवस्थित राखेर ग्राहकहरूलाई स्वस्थ परिकार र सेवा दिनुपर्ने बताउनुभयो । होटल ब्यवसायीहरूलाइ प्रोत्साहन गर्दै उहाँले होटल व्यवसायलाई स्वच्छ सफा र मर्यादित बनाउन आग्रह गर्नुभयो ।
अनुगमन टोलीमा बिपिन कुमार दास, खाद्य अधिकृत सुरेशकुमार सिंह, होटल तथा पर्यटन ब्यबसायी संघका अध्यक्ष हरि पन्त, जिल्ला प्रशासन कार्यलयका प्रतिनिधि, उद्योग बाणिज्य संघका प्रतिनिधि प्रहरी, सशस्त्र प्रहरी लगायतका सहभागीता थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलविद्युत उत्पादनको लगानीमा तीव्रता: एचआईडीसीएल र ऊर्जा मन्त्रालयबीच कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर

काठमाडौँ, १५ असार/ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)...

सम्बन्धित खबर

- Advertisement -neelambads