search

spot_img
spot_img

मनीषालाई आत्महत्या गर्न बाध्य पारिएको आरोप

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ जेठ/ वीरगंज महानगरपालिका–१२ मुर्लीमा एकजना विवाहित महिलाले आत्महत्या गरेको विषयलाई लिएर अहिले परिवारका सदस्यहरूमाथि माइती पक्षले हत्या आरोप लगाएको छ।

यही जेठ ५ गते राति ११ बजे २१ वर्षीया मनीषादेवी कानू पङ्खामा पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन्। घरपरिवारका सदस्यले उनले आत्महत्या गरेको दाबी गरेका छन्। प्रहरीले तत्काल केही भन्न नसकिने र घटनाबारे अनुसन्धान भइरहेको बताएको छ। शवको शल्यपरीक्षण प्रतिवेदन आएपछि र अनुसन्धानपछि घटनाबारे बताउने प्रहरीले बताएको छ।

मृतक मनीषाका पिता पर्सा जिल्ला धोबिनी गाउँपालिका निवासी नरेश साह कानूले दाइजोको कारण छोरीको हत्या भएको आरोप लगाएका छन्।

उनले गत २०८०/८/२१ मा छोरीको मागी विवाह भएको र त्यसपछि पनि छोरीको घरपरिवारबाट बारम्बार विभिन्न सामानहरूको माग हुँदै आएको बताए। माग अनुसारको सामान दिन नसक्दा घरपरिवारका सदस्यले छोरीलाई मानसिक तनाव दिएकाले आत्महत्या गरेको उनले आरोप लगाएका छन्।

छोरीलाई सासू सीमा देवी, ससुरो बद्री साह कानू र सीमा देवीका भाइ वीरगंज–१६ बस्ने दुर्गा साह कानूले मानसिक पीडा दिएको र आत्महत्या दुरुत्साहनमा यी तीनजना कसूरवार भएको भन्दै नरेश साह कानूले प्रहरीमा जाहेरी दिएका छन्। उनले अभियुक्तहरूसँग सोधपूछ गरेर कानूनी कारबाई गर्न माग गरेका छन्।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads