search

तीन ठेला कबाड ब्याट्री बरामद

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ जेठ/ सशस्त्र प्रहरीको वीरगंज भन्सार राजस्व चुहावट गुल्मले सोमवार वीरगंज–१७ अलौं सिवान टोलबाट तीन ठेला कबाड ब्याट्री बरामद गरेको छ। नेपालबाट भारत लैजाँदै गरेको अवस्थामा तीन ठेला कबाड ब्याट्री बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक राधेश्याम धिमालले बताए।
उनले आज बिहान आकस्मिक अनुगमनको क्रममा सो ठेलाहरू भारततर्फ जाँदै गरेको पाइएपछि नियन्त्रणमा लिएको बताए। स्रोतको अनुसार उक्त ब्याट्री रक्सौलका जयप्रकाश गुप्ता र जलाउद्दीन अन्सारीको रहेको छ। नेपालमा रहेको काम नलाग्ने ब्याट्री प्रतिकिलो रु १६० को दरले सिवान टोलामा भण्डारण गरिने र त्यहाँबाट भारत, रक्सौल पु–याउने कार्य हुँदै आएको छ। भारतमा प्रतिकिलो रु २२५ मा बिक्री हुन्छ।
ठेलाचालकलाई भने प्रतिकिलो रु २५ को दरले दिइन्छ र यो काम यसअघि वीरगंज–१६ इनर्वा र वीरगंज भन्सारको मूल नाकाबाट हुने गथ्र्यो। गत वर्षदेखि वीरगंज–१७ अलौं सिवान टोलाबाट भारतीय कबाड तस्करहरूले कबाडको तस्करी गर्दै आएका छन्।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads