search

spot_img
spot_img

राजनीतिक गतिरोध अन्त्य गर्न नेपाली काँग्रेस गम्भीर हुनुपर्छ: अध्यक्ष ओली

पढ्न छुटाउनुभयो ?




विराटनगर । नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले मुलुकको राजनीतिक गतिरोध अन्त्य गर्न नेपाली कांग्रेस गम्भीर हुनुपर्ने बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राजनीतिक गतिरोध अन्त्य गर्न काँग्रेसले आफूलाई सम्हालेर लोकतान्त्रिक  मूल्यमान्यताको अभ्यासलाई आत्मसात गर्नुपर्ने बताउनुभयो ।

 अध्यक्ष  ओलीले लोकतान्त्रिक मूल्य मान्यतालाई बिर्सेर नेपाली काँग्रेसले संसद्मा गर्दै आएको गतिविधिले  काँग्रेसलाई फाइदा नहुने बताउनुभयो । काँग्रेसले गरिरहेको सदन अवरोध केवल सत्ताका लागि भएको उहाँको भनाई थियो ।  राजनीतिक स्थायित्वका लागि दलहरू एक हुनुपर्ने वेलामा काँग्रेसले यो गतिविधिले प्रतिगामी शक्तिलाई बल पुग्ने उहाँले बताउनुभयो । 

 एक प्रश्नमा  उहाँले सत्तापक्षले प्रतिपक्षलाई  पेलेर जाने भन्ने प्रश्नै आउँदैन भन्नुहुँदै  आफूले जे भन्यो त्यही हुनुपर्छ भन्ने कांग्रेसका सोचका कारण यो अवस्था आएको बताउनुभयो ।  प्रधानमन्त्रीले संसदवाट विश्वासको मत  लिन्छु भनेपछि त्यसलाई अवरोध गर्न नमिल्ने उहाँको भनाई थियो । उहाँले नेकपा एमाले मुलुकमा राजनीतिक स्थायित्व , सुशासन, र मुलुकको समृद्धि चाहेको बताउनुभयो । उहाँले आफ्नो पार्टी सत्ता स्वार्थका लागि भन्दा पनि मुलुकको समग्र विकासका लागि केन्द्रित रहेको बताउनुभयो।  

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलविद्युत उत्पादनको लगानीमा तीव्रता: एचआईडीसीएल र ऊर्जा मन्त्रालयबीच कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर

काठमाडौँ, १५ असार/ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)...

सम्बन्धित खबर

- Advertisement -neelambads