search

spot_img
spot_img

काँग्रेस बैठक : सहकारी प्रकरणको छानबिनका लागि सडक सङ्घर्षमा जानबारे छलफल

पढ्न छुटाउनुभयो ?




काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सहकारी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग राख्दै सडक सङ्घर्षमा समेत जाने बारे छलफल भएको छ ।

पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठनका लागि दबाब दिन सदन र सडक दुवै ठाउँबाट दबाब दिनेबारे छलफल भएको नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो ।

नेपाली काँग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता बारे छानविन गर्न संसदीय समितिको माग गर्दै निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ ।

यस्तै, बैठकमा सहभागीहरूले गिरिबन्धु जग्गा घोटालालगायत चर्चामा रहेका अन्य भ्रष्टाचारका मुद्दाहरूका बारेमा समेत पार्टीको स्पष्ट धारणा बनाएर सङ्घर्षको कार्यदिशा बनाउनुपर्ने बताउनुभएको कांग्रेस केन्द्रीय सदस्य कुन्दन काफ्लेले जानकारी दिनुभयो ।

बैठकमा पार्टी सङ्गठन र भ्रातृ संस्थाहरूलाई क्रियाशील बनाउनेबारे समेत छलफल भएको नेता काफ्लेले जानकारी दिनुभयो ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन राजपथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान सोमवारबाट शुरू भएको छ । ...

सम्बन्धित खबर

- Advertisement -neelambads